Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको ७५ हजार संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकको एक जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी सीता गुरुङको नाममा रहेको ७५ हजार सेयर बिक्री खुला गरेको हो ।उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस २९ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

सेयर मूल्य भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्