Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं। कुमारी बैंकले एक जना सेयरधनीको नाममा रहेको ३ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ ११ गते)बाट ३५ दिन भित्र आवेदन दिन सक्ने बताइएको छ।

आवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन पर्नेछ ।

सेयर मूल्य भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समय अवधिभित्रमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्