Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको जम्मा ३ लाख ५४ हजार ५ सय ५५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी मन्दिरा महर्जन डंगोलको नाममा रहेको ६ हजार ५५ कित्ता, विमल कुमार तिमिल्सेनाको नाममा रहेको ४८ हजार ५०० कित्ता र राजन प्रसाद अमात्यको नाममा रहेको ३ लाख कित्ता गरी जम्मा ३ लाख ५४ हजार ५५५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यलय टंगालमा आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्