Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको २७ हजार ४ सय ६४ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६ सय ९५ कित्ता र चन्द्रा देवी कंडेको नाममा रहेको १५ हजार ७ सय ६६ कित्ता गरी जम्मा २७ हजार ४ सय ६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्सालमा आईपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया खुल्ला गर्ने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्