Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १६ हजार ५४५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार संस्थापक विद्यमान सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकरी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्