Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको नयाँ शाखा जुम्लाको चन्दननाथमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले जुम्लामा नयाँ शाखा स्थापना गरेको छ । बैंकले जुम्लास्थित चन्दननाथ नगरपालिका वडा नंम्बर ६ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले चन्दननाथ क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्