Skip to content
Shikhar Insurance
National Life

कुथेली बुखरीको आईपीओ बाँडफाँट, भाग्यमानी एक जनाले पाए ११ कित्ता सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज( साउन ७ गते) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको सेयर बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट कम्पनीको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँका १ लाख १ हजार १५१ कित्ता सेयर निष्काशन गरेको थियो।

कम्पनीको उक्त सेयरमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ।

न्युनतम १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ। जसअनुसार १० हजार ११५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी एक जनाले कम्पनीको थप एक कित्ता सेयर अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्