Skip to content
Shikhar Insurance
National Life

किलोवाट छलि प्रकरण: बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा,कागजात नियन्त्रण

Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतिय गाडीले मोटर क्षमता (पिक पावर) किलोवाट छलि गरेको भेटिएपछि राजस्व अनुसन्धान विभागले एक्सन लिएको छ । विभागले नेपालमा सबैभन्दा धेरै इभी गाडी बिक्री गर्ने साइमेक्स इंकको कागजात नियन्त्रणमा लिएको हो ।

विभागले साइमेक्सको कार्यालयमा पुगि छापा मारेको हो । कम्पनीले आयात गर्दा पेश गरेको डकुमेन्टहरु विभागले नियन्त्रणमा लिएको हो । कम्पनीको केहि कागजात नियन्त्रणमा लिएको र केहि कागजात माग गरेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए । महानिर्देशक बुढाले सिंहदरबारसँग भने, ‘बीवाईडीमा हामीले केहि कागजात हेरिरहेका छौं, एक विषयमा मात्रै नभएर धेरै विषयमा हामीले अध्यन गरिरहेका छौं, केहि क्लुहरु पत्ता लागिसकेका छन् थप अध्ययन सकिएपछि मात्रै भन्न सकिने अवस्था छ ।’

महानिर्देशक बुढाका अनुसार अन्य कम्पनीहरुको पनि कागजात भेरिफाईको काम भैरहेको छ । सरकारले इभी गाडीहरुको आयातमा किलोवाट अनुसार राजस्व असुल गर्ने नीति लिएको छ । सोहि नीतिमा कानून छिद्रको फाइदा उठाउँदै धेरैजसो इभि आयातकर्ताहरुले किलोवाट छलि गरि धमाधम गाडी भित्र्याईरहेका छन् ।

https://singhadarbar.com/post/130887/

किलोवाट छलिको विषयमा सिंहदरबार डटकमले समाचार सामाग्री प्रकाशित गरेपछि भन्सार विभागले छुट राजस्व तत्काल असुल गर्न परिपत्र गरिसकेको छ । विभागले जेठ ४ गते परिपत्र गर्दै छुट राजस्व असुल गर्न सबै कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । कार्यालयहरुले छुट राजस्व असुल गर्न आयातकर्ताहरुसँग थप कागजात माग गरिरहेको छ ।

स्रोतका अनुसार अहिले केहि व्यापारीहरु आधिकारिक बिक्रेताको कम्पनीको वेबसाइट सच्याउन लागिरहेका छन् । यस्तै, केहि कम्पनीको नेपालबाट वेबसाइट नै नखुल्ने बनाएको छ । नेपालको लागि मात्रै फरक स्पेसिफिकेशन बनाउन पनि लागि परिरहेका छन् ।

आधिकारिक बिक्रेताले उत्पादन गरेको मोडेल, सबै स्पेशिफिकेसन सबै एकै हुने तर किलोवाट मात्रै फरक भएको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्