Shikhar Insurance
National Life

किन घटिरहेको छ विकास बैंकहरुको सेयर मूल्य ?

प्रमिला भट्ट
२०८१ पुष २१, आईतवार ०८:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय विकास बैंककाे सेयर मूल्य निरन्तर ओरालो यात्रामा छ । नेप्से इन्डेक्स निरन्तर घट्नुका साथै कारोबार रकममा समेत उच्च गिरावट कायमै छ । समग्रमा भन्दा बजारमा लगानीकर्ताहरुको मनोबल कमजोर बनिरहेको बुझ्न सकिन्छ ।

बिगत १५ दिनको तथ्यांक हेर्दा समग्र बजारमा विकास बैंकका लगानीकर्ताहरुले १४ अर्ब ४५ करोड ७६ लाख ९१ हजार ३ सय ४१ रुपैयाँ गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गत मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई कारबाही गरेसंगै विकास बैंकहरुको सेयर मूल्यको गिरावट श्रृंखला आज पर्यन्त कायम नै छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी भयो विकास बैंकको ओरालो यात्रा

नेपाल राष्ट्र बैंकले गत मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा ४०.८५ पुगेको भन्दै समस्याग्रस्त घोषणा गरेपछि नै विकास बैंकका लगानीकर्ताको मनोबल कमजोर भएको थियो ।

त्यसपछि राष्ट्र बैंकले पुस १० गत एक सूचना जारी गर्दै उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत पुस ११ गते सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अर्को व्यवस्था नहुँदा सम्मका लागि कारोबार रोक्का गरेको थियो ।

त्यसपछि आएका अन्य रिपोर्टहरुमा समेत विकास बैंकको वित्तीय स्वास्थ्य खराब देखिएपछि समग्र वित्त बैंक क्षेत्रका लगानीकर्ताको मनोबल खस्केको थियो ।

त्यसै समयमा बजारका स्वार्थ समुहले खराब कम्पनीको सेयर ‘पम्म एण्ड डम्प’ गर्न थाले जसबाट सेयर बजारमा सोझासिदा लगानीकर्ताले टोपी लाउने वातावरण बन्यो । जसको असर बजारमा प्रत्यक्ष रुपमा देखा परेको छ

विगत १५ दिन (गत पुस ३ गतेदेखि पुस १७ गते) सम्मको विवरण :

कुन विकास बैंकका लगानीकर्ताले कति गुमाए ?

नारायणाी डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ दिनको बीचमा ४ सय २१ रुपैयाँले गिरावट आएको छ । बैंकको जम्मा सूचीकृत सेयर २६ लाख २४ हजार ६ सय ७६ कित्ता सेयरबाट प्रतिकित्ता ४ सय २१ को दरले गुमाउँदा लगानीकर्ताले १५ दिनमा दोस्रो बजारमा १ अर्ब १० करोड भन्दा धेरै गुमाएका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि १५ दिन बीचमा २ सय ३८.१ रुपैयाँले घटेको छ । बैंकको दोस्रो बजारमा सूचीकृत सेयर ८३ लाख ४३ हजार ३ सय ८५ कित्ताबाट प्रतिकित्ता २ सय ३८.१ रुपैयाँ गुमाउँदा लगानीकर्ताले १५ दिनमा दोस्रो बजारमा १ अर्ब ९८ करोड ६५ लाख बढी गुमाएका छन् ।

सिन्धु विकास बैंक

सिन्धु विकास बैंकको सेयर मूल्य १ सय ८२.१ रुपैयाँले घटेको छ । बैंकको दोस्रो बजारमा सूचीकृत सेयर ५५ लाख ७४ हजार ५ सय ६१ कित्ताबाट १८२.१ रुपैयाँ घट्दा लगानीकर्ताले १५ दिनमा दोस्रो बजारमा १ अर्ब १ करोड ५१ लाख रुपैयाँ गुमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकको सयेर मूल्यमा पनि गिरावट आएको छ । कम्पीको सेयर मूल्य १५ दिनमा प्रतिकित्ता १ सय ६१ रुपैयाँले घटेको छ । बैंकको दोस्रो बजारमा ५२ लाख ५० हजार कित्ता रहेको छ । जसमा प्रतिकित्ता १६१ रुपैयाँले घट्दा १५ दिनमा दोस्रो बजारबाट ८४ करोड ५२ लाख रुपैयाँ गुमाएका छन् ।

मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ दिन (पुस ३ गतेदेखि १७ गेसम्म) मा प्रतिकित्ता ९३.१ रुपैयाँले घटेको छ । बैंकको देस्रो बजारमा १ करोड २१ लाख ७१ हजार कित्ताबाट प्रतिकित्ता ९३.१ रुपैयाँ घट्दा दोस्रो बजारबाट १ अर्ब १३ करोड ३१ लाख रुपैयाँ बढी गुमाएका छन् ।

मुक्तिनाथ   विकास बैंक 

मुक्तिनाथ डेभलपमेन्ट बैंकका लगानीकर्ताले १५ दिनमा ९७.५ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ७ करोड ४ लाख ६९ हजार ३ सय ८२ कित्ताको आधारमा दोस्रो बजारबाट ६८ करोड ७३ लाख बढी गुमाएका छन् ।

एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य १५ दिनमा ८४ रुपैयाँले घटेको छ । बैंकको दोस्रो बजारमा १ करोड २५ लाख ९६ हजार ९ सय ४५ कित्ताबाट दोस्रो बजारमा १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ गुमाएका छन् ।

ग्रिन डेभलपमेन्ट बैंक

ग्रिन डेभलपमेन्टको सेयर मूल्य १५ दिनमा ९७ रुपैयाँले घटेको छ । कम्पनीको दोस्रो बजारमा ५३ लाख ८७ हजार २ सय कित्ताबाट प्रतिकित्ता ९७.५ रुपैयाँ गुमाउँदा लगानीकर्ताले दोस्रो बजारबाट ५ करोड २५ लाख बढी गुमाएका छन् ।

महालक्ष्मी विकास बैंक

१५ दिनमा महालक्ष्मी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले घटेको छ । बैंकको दोस्रो बजारमा सूचीकृत ४ करोड २९ लाख ६४ हजार ५ सय ८२ कित्ताबाट दोस्रो बजारबाट १ अर्ब ३३ करोड १९ लाख बढी घाटा बेहोरेका छन् ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकका लगानीकर्ताले १५ दिनमा प्रतिकित्ता २८.१ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ५ करोड ६८ लाख ५ हजार १ सय ७५ कित्ताबाट दोस्रो बजारबाट २ अर्ब २१ करोड ५४ लाख बढी पैसा गुमाएका छन् ।

संग्रिला डेभलपमेन्ट बैंक

संग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले १५ दिनमा प्रतिकित्ता ३९ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ३ करोड ५५ लाख ६२ हजार ५ सय ६८ कित्ताबाट दोस्रो बजारबाट १ अर्ब ३८ करोड ६९ लाख रुपैयाँ गुमाएका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले १५ दिनमा प्रतिकित्ता ४ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ४ करोड ८७ लाख ५७ हजार १८ कित्ताबाट १९ करोड ५० लाख बढी गुमाएका छन् ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकका लगानीकर्ताले १५ दिनमा प्रतिकित्ता १४ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ३ करोड ५१ लाख ८ हजार ४ सय ६३ कित्ता सेयर रहेको छ जसको आधारमा लगानीकर्ताले दोस्रो बजारबाट ४९ करोड १५ लाख बढी गुमाएका छन् ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकका लगानीकर्ताले १५ दिनमा प्रतिकित्ता १० रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ४३ लाख ९५ हजार ७ सय ८२ कित्ता रहेको छ जसबाट लगानीकर्ताले १५ दिनमा दोस्रो बजारबाट ४५ करोड ९५ लाख रुपैयाँ गुमाएका छन् ।

लुम्बिनि विकास बैंक

लुम्बिनि विकास बैंकका सेयरधनीहरुले १५ दिनमा १०.४ रुपैयाँ गुमाएका छन् । बैंकको दोस्रो बजारमा ३ करोड ६२ लाख ३६ हजार ७ सय ८२ कित्ता सेयरबाट लगानीकर्ताले १५ दिनमा दोस्रो बजारबाट ३७ करोड ६८ लाख बढी गुमाएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्