Skip to content
Shikhar Insurance
National Life

किड्जीले गर्यो आनन्दित अभिभावकत्व बारेमा छलफल

Hyundai
NCELL
NIMB

काठमाडौं । किड्जी, एसियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा ‘आनन्दित अभिभावकत्व आधुनकि समय’ विषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।

कार्यक्रमका मुख्य वक्ताहरु डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) सुनिता चौहान (सामाजिक अभियन्ता) नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

किड्जीले हालसम्म २ हजारभन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिइसकेको छ । किड्जी नेपालका ५ ठूला सहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ ।

प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्षभन्दा बढीको विरासतका अनुभवका साथ किड्जी, डब्लूआरएफसीको सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्