Skip to content
Shikhar Insurance
National Life

कास्कीमा बन्यो माधव नेपाल समुहको एमाले संगठन, चुनाव फेस गर्ने नेपालको उद्घोष

Hyundai
NCELL
NIMB

काठमाडौं । कास्कीमा माधव नेपाल समुहले समानान्तर जिल्ला कमिटी गठन गरेको छ । उप महासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारवाही गरेकै दिन माधव नेपाल समुहले समानान्तर कमिटी गठन गरेको हो । जिल्ला कार्यकर्ता भेलाले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।

संयोजक आचार्य नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति हुन् भने सचिव होम बहादुर नेपाली नेपाली पूर्व जिल्ला कमिटी सदस्य तथा पृथ्वी नारायण क्याम्पसका पूर्व कोषाध्यक्ष हुन् ।

संयोजक र सचिव चयन गरेको भेलाले केही समयमै कमिटीलाई पूर्णता दिने बताइएको छ । नेपाल–खनाल समूहले यसअघि गोरखा र अर्घाखाँचीमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ ।

निर्वाचन फेस गर्न तयार छौंः नेपाल
भेलालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता नेपालले ओली प्रवृत्तिसँग नझुक्ने बताए । उनले देशै भर समानान्तर संगठन बनाउने र आवश्यक परे निर्वाचन नै फेस गर्ने बताए । नेता नेपालले ओली नसच्चिए आगामी निर्वाचनमा ओली विरुद्ध गठनबन्धन बनाउने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्