Skip to content
Shikhar Insurance
National Life

कालोमोसो दल्नेलाई विरुद्ध बैंकका २० हजार कर्मचारी, अराजक घटना समयमै राेक्न संघको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीइ सस्थाका कर्मचारीलाई कालोमोसो दलिएको विषयमाबैंक तथा वित्तीय क्षेत्रका २० हजार बढी कर्मचारीहरुले आवाज उठाएका छन् । एनआइसी एशिया जाजरकोट शाखा कार्यलयकाको कर्मचारीलाई विप्लव समुहले कालोमासो दलेपछि बैंक तथा वित्तीय क्षेत्रका ५१ वटा संस्थाका कर्मचारीहरु संगठिकत भएर सोको विरुद्ध आवाज उठाएका हुन् ।

शुक्रबार नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत २० भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै बनेको नेपाल वित्तीय संस्था कर्मचारी संघले प्रेश विज्ञाप्ती जारी गर्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

संघद्वा।ा जारी विज्ञाप्तीमा भनिएको छ–‘पछिल्लो समय केही समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुको विषयमा आम जनमानसमा नकारात्मक सन्देश प्रवाह हुने खालका भ्रामक तथा गलत प्रचार–प्रसार गरिरहेको घटना प्रति खेद प्रकट गर्दछौँ । साथै, यस क्षेत्रमा सेवा प्रदान गरिरहेका कर्मचारीहरुलाई कालोमोसो दल्नुपर्ने एवं धम्कीपूर्ण अभिव्यक्तिहरु समेत विभिन्न प्रेस मिडियाहरुमा मार्फत आइरहेको र वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरु माथि अभद« व्यवहार तथा भौतिक आक्रमण समेत भइरहेको सन्दर्भमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दलिएको घटना प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा वर्तमान परिप्रेक्ष्यमा त्रासपूर्ण वातावरण सिर्जना भइरहेको अवस्था रहेकोले कानून विपरीतको अराजक घटनाहरु हुन समयमै रोकिनु पर्ने संघले माग राखेको छ ।

‘कुनै पनि विरोधको नाममा जबरजस्ती कानून आफ्नो हातमा लिई हुने अराजक गतिविधिहरुलाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान केन्द्रीत गर्दै यस्ता अराजक गतिविधिहरु संचालन गर्न प्रेरित गर्ने तथा संचालन गर्ने समूह तथा व्यक्तिहरुलाई कानूनी दायरमा ल्याई हदैसम्मको कारवाही गर्न तथा कर्मचारीहरुलाई बिना त्रास सुरक्षित तवरले निर्वाद कार्य गर्ने वातावरण सिर्जना गरियोस् भनी सम्बन्धित निकायसंग यो संघ जोडदार माग गर्दछ ।’

यस प्रकारका घटना पुन नदोहोरिन दिन र कर्तव्य निर्वाह गर्ने कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न संघले सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्