Skip to content
Shikhar Insurance
National Life

कालिन्चोक दर्शनको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंकमा पुगेको हो ।

आज ३१५ कम्पनी १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ कारोबार भएको छ । आइतबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, सीटी होटल लिमिटेडको ८.२४ प्रतिशत, सानराईस ब्लुचिप फण्डको ८.०९ प्रतिशत, बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको ७.३० प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ६.६८ सहित ५४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्