Skip to content
Shikhar Insurance
National Life

कालिका लघुवित्तद्वारा लगानीकर्तालाई २०% लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई कुल २० प्रतिशतका दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्