Skip to content
Shikhar Insurance
National Life

कारागार कैदी मृत्यु प्रकरणःआफन्तले शव बुझ्न मानेनन्

Hyundai
NCELL
NIMB

सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्ना मानेका छैनन् ।

प्रहरीको कुटपिटपछि बुधबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोेद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकास बलामीको मृत्यु भएको थियो । पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज चार दिनपछि दुई कैदीको शवपरीक्षण भने गरिएको छ ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शवपरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। किटानी जाहेरीपछि शवपरीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन् ।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको छ ।

अनुसान्धान टोलीले सिसिटिभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शङ्कास्पद रहेको पीडितको गुनासो छ । सिसिटिभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो।

कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध प्रहरीमा किटानी जाहेरी

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायत विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता गराएका छन् ।

कारागारका निमित्त प्रमुख घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक चौधरीलगायत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।

घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले शुक्रबारदेखि छानबिन थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्