Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्सी सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले टोखाको हरिहर मन्दिरलाई कुर्सी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोङ्गबु शाखाबाट टोखा नगरपालिका ६ धापासी स्थित हरिहर मन्दिरलाई कुर्सी सहयोग गरेको हो ।

कुर्सीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्सीहरु हस्तान्तरण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्