Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा कात्तिक २३ मा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कात्तिक २३ गते आफ्नो १५ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको मिति २०७८ साल असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारणसभाको मिति तय गरेको हो ।

१५ औं वार्षिक साधारणसभा प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बैंकको सेयरधनी दर्ता किताव बन्द गरिनेछ । नेपाल स्टक एक्स्चेन्जमा बुक क्लोज भन्दा अगाडिको दिनसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी उक्त सभामा भाग लिन सक्ने र आव २०७७/७८ को नगद लाभाँश तथा बोनस सेयर पाउन योग्य हुनेछन् ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् । यसै गरी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार चुक्ता पुँजीको रु २,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले हुन आउने रकम रु ४९,०६,१३,२९०.३४ बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम रु २,५७,४०,०४८.२० बराबरको नगद लाभांश समेत गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्