Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ। बिहिबार नेप्सेले बैंकको ४.४१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात बैंकको सेयर मूल्य २८८ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले बिहिबार कारोबारको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो। बिहिबार कारोबार दिन दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्