Skip to content
Shikhar Insurance
National Life

कामना सेवाले नेपालमै पहिलोपल्ट सुरु गर्‍यो यस्तो सेवा

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले नेपालमै पहिलोपल्ट युनिफोकल रिडिङ ग्लासको सेवा सुरु गरेको छ । ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ बैंकले नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक व्यवस्था गरेको हो ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदीप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरे ।

बैंकले यस अगाडि पनि दृष्टिबिहिनलाई व्यक्तिलाई समेत आफैं खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्