Skip to content
Shikhar Insurance
National Life

कामना सेवाको छलाङः १७२ प्रतिशत नाफा बढ्दा, अरु सूचक कस्ता ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले ९ महिनामा ५८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा आर्जन गरेको भन्दा १७२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चैत मसान्त अवधीमा बैंकले जम्मा २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चैत मसान्त अवधीमा बैंकको वितरण योग्य नाफा नै ३८ करोड ८८ लाख पुगेको छ जबकी गत आवको चैत मसान्त अवधीमा त्यस्तो नाफा जम्मा ५८ लाख मात्रै थियो ।

बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ। बैंकको प्रति सेयर २९ रुपैयाँ ४७ पैसा पुगेको छ।

बैंकको निष्क्रिय कर्जा पनि ०.३७ प्रतिशतले घटेको छ । आधार दर ३.७१ प्रतिशत र स्प्रेड दर पनि ०.८ प्रतिशतले घटेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्