Skip to content
Shikhar Insurance
National Life

कात्तिक २५ गतेसम्म कनेक्ट आईपीएसमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । दसैंभर कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्स्फर निःशुल्क गर्न पाइने भएको छ । दसैँ , तिहार तथा छठ लगायतको चाड पर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फन्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने यस्तो व्यवस्था गरिएको हो ।

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्स्फर तथा कनेक्ट आईपीएसमार्फत मोबाईल वालेटमा गरिने फन्ड लोडलाई कार्तिक २५ गतेसम्म पूर्ण रुपमा निःशुल्क गरिएको हो । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फन्ड ट्रान्स्फरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको एनसीएचएलले जनाएको छ ।

यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फन्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास कम्पनीको छ ।

फन्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्ट आईपीएसले गत आर्थिक वर्षमा १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबार फर्छ्योट गरेको थियो भने चालू आर्थिक वर्ष (भदौ मसान्तसम्म) मा ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबार फर्छ्योट गरिसकेको छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध छन् । बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसको वेबसाइटमा वा यसको मोबाईल एपमार्फत अनलाईन रजिस्टर गरी सेवा लिन सक्नुका साथै बैंक वित्तिय संस्थाका आफ्नै मोबाईल बैंकिङ्गमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने कनेक्ट आईपीएस फन्ड ट्रान्स्फर अप्सन मार्फत पनि सो सेवाको प्रयोग गर्न सक्दछन् । १४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट फन्ड लोड गर्न सक्दछन् ।

कनेक्ट आईपीएसको मोबाइल एप मार्फत प्रति कारोबार १ लाख रुपैयाँ तथा प्रतिदिन २ लाखसम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फन्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले ५० हजार देखि २ लाख रुपैयाँसम्म कारोबार सीमा प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्