Skip to content
Shikhar Insurance
National Life

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबीच सहमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता वैशाख २० गते बीरगंजमा भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका थिए । बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अब काठमाडौंमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिए ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छरछैनन् अध्ययन गर्नेछ । काठमाडौंको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालिलाई प्रतिवेदन बुझाउने छ। त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्ने संस्थाले जनाएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो। यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित संचालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्