Skip to content
Shikhar Insurance
National Life

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

Hyundai
NCELL
NIMB

काठमाडाैं। गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौंको सीडीओमा सरुवा गरेको हाे।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव भएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सिडियोका रुपमा काम गरिसक्नुभएको छ ।

यस्तै उनले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालमासमेत काम गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्