Skip to content
Shikhar Insurance
National Life

काठमाडाैं फोटोग्राफर संघको १५औं साधारणसभा सकियाे

Hyundai
NCELL
NIMB

काठमाडाैं । उपत्यकाभित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाडाैं फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले ज्येष्ठ सदस्य फोटोग्राफर तथा समर्पित महिला सदस्य फोटोग्राफरहरुलाई सम्मान गरेको छ ।

त्यसैगरी ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । हरि घिमिरे अध्यक्षसहित १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशम राज पण्डित, कोषाध्यक्षमा सुशील ज्ञवाली र सहसचिवमा रणबहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमिति सदस्यहरुमा हरि ज्ञवाली, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधवप्रसाद तिमल्सिना, कृष्ण पराजुली, राजकुमार बजगाई, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्त राज श्रेष्ठ, अभिन माझि, चन्द्र लाल राई छन् ।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले पेशागत हक हितलाई संरक्षण गरी अझ मर्यादित र सम्मानीत पेशा बनाउन नयाँ कार्य समितिले प्रतिवद्धताका साथ कार्य गर्ने जनाए । अधिवेशनले निर्विरोध निर्वाचित गराउँदा नै एकताको सन्देश दिएको शक्तिले फोटोग्राफी पेशालाई थप उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उपाध्यक्ष घिमिरेले थप्नु भयो, कार्य समितिले सम्पूर्ण फोटोग्राफरहरुको प्रतिनिधित्व गर्नुका साथै सबैको भावनालाई अवश्य कदर गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्