Skip to content
Shikhar Insurance
National Life

कर बढ्ने सूचनाले १२ हजार विद्युतिय गाडी भित्रियो, बढेको करले व्यापारीलाई मात्रै फाइदा

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कर बढाउदैछ भन्ने सुइको पाएका व्यापारीले साढे ११ महिनामा १२ हजार विद्युतिय गाडी भित्रिएको छ । भन्सार विभागको तथ्याक अनुसार चालु वर्ष इभी गाडी आयातमा उछाल आएको हो ।

चालु आर्थिक वर्षको ११ महिना १५ दिनमा १२ हजार वटा विद्युतिय गाडी भित्रिएको विभागले जनाएको छ । आर्थिक ऐन २०८१ मार्फत विद्युतिय गाडीमा करको दर बढ्ने सुइको पाएका व्यापारीले अधिक मात्रामा गाडी आयात गरेका हुन् ।

बढेको कर अनुसार आगामी वर्ष धेरै राजस्व भने नउठ्ने देखिएको छ । नेपालमा गाडी चढ्नेको संख्या उल्लेख्यमा मात्रामा वृद्धि हुन सकेको छैन ।  व्यापारीहरुले २ वर्षको बजार अनुमान गरी गाडी थुपारेका हुन् ।

बढेको कर अनुसार राजस्व धेरै बढ्ने संभावना नभएको विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘विद्युतिय गाडीमा कर बढ्छ भन्ने कुरा व्यापारीले ३ महिना अगावै अनुमान गरेका थिए, जसको कारण इभी आयात बढ्यो, आयातको ग्राफ हेर्दा आगमी वर्षलाई समेत पुग्ने देखिन्छ ।’

अब इभी बिक्रेताले कर बढ्नु अघिकै गाडीमा मूल्य बढाएर बिक्री सुरु गर्नेछन् । जसमा व्यापारीले लाभ लिदाँ ग्राहक भने बढी मूल्य तिर्न बाध्य हुनेछन् । विभाग स्रोतका अनुसार सबैभन्दा धेरै गाडी बीवाइडी ब्राण्डको आयात भएका छन् ।

स्रोतले भन्यो, ‘बीवाईडी ब्राण्डको गाडी आयात अस्वभाविक देखिएको छ, उसले मात्रै बढेको कर अनुसार मूल्य निर्धारण गरी बिक्री गरे १ अर्ब भन्दा बढी मुनाफा आर्जन गर्नेछ ।’

कुनमा कति बढ्यो कर

इभी गाडी शुन्यदेखी ५० किलोवाट सम्म भन्सार महसुल १० प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएको छ । यस्तै अन्तशुल्क नलाग्ने यो सेग्मेन्टमा ५ प्रतिशत अन्तशुल्क लगाइएको छ ।

५१ किलोवाटदेखी १०० किलोवाट सम्म १५ प्रतिशत लाग्दै आएको भन्सार महसुल २० प्रतिशत  पुर्याइएको छ । यस्तै १० प्रतिशत रहेको अन्तशुल्क १५ प्रतिशत बनाइएको छ ।

१ सय देखी २ सय किलोवाटसम्म भन्सार र अन्तशुल्क २०/२० प्रतिशत लाग्दै आएकोमा भन्सार महसुल १० प्रतिशत बढाएर ३० प्रतिशत पुर्याइएको छ । यसैगरी, २ सय देखी ३ सय किलोवाटसम्मको भन्सार महसुल ४० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ ।

अन्तशुल्क भने ४५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिएको छ । ३ सय किलोवाटभन्दा माथीको इभी गाडीमा ६० प्रतिशत भन्सार महसुलबाट ८० प्रतिशत पुर्याइएको छ । यस्तै १० प्रतिशत अन्तशुल्क घटाएर ५० प्रतिशत कायम गरिएको छ ।

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE