Skip to content
Shikhar Insurance
National Life

कर नतिर्ने ५२ को नाम सार्वजनिक, जनमैत्री अस्पताल, विद्युत् प्राधिकरण समेत नतिर्ने सुचिमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कामपाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको छ । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने तयारी गरिएको जनाइएको छ ।

सार्वजानिक गरिएकामा रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रालि, वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी (युनिभर्सल स्कूल), गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल (अल इन मार्ट), वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स छ । यसरी नाम सार्वजनिक गरिएका करदातामध्ये सबैभन्दा धेरै वडा नं १, ७, २७, २८ र ३० का छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्