Skip to content
Shikhar Insurance
National Life

कर छुट लिने व्यापारीमाथि छानबिन गर्न सांसद कार्चेनको माग

Hyundai
NCELL
NIMB

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजस्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिर्र्दै उनले राजस्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताएका हुन् ।

सांसद कार्चेनले भने,‘आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नुपर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नैपर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरुमाथि छानविन गरौं । राजश्व छुट कस–कसले पाएको छ ? हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुल गर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ ।’

अहिले देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको उनले आरोप लगाए । उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजोसम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ । यो देशको राजश्व जम्मा यति मात्रै हो त ? अरु राजश्व खोई ? कसले खायो ? पैसा कता जान्छ ?’

GBIME

प्रतिक्रिया दिनुहोस्