Skip to content
Shikhar Insurance
National Life

कर छल्न अडिटरकै साथ, साढे ८ करोड चुहावट गरेको आरोपमा राजस्व अनुसन्धानको मुद्दा

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ ।

विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले रु १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । आरोपी अन्तरा इन्टरनेशनलले रु आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी रु १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्