Skip to content
Shikhar Insurance
National Life

कर छल्ने कबाडी व्यापारीमाथि ४५ करोडको मुद्दा

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्कै कम्पनीको नाममा सामान किनेर कर छल्ने कबाडी व्यापारीमाथि राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ । रूपन्देहीका कशौधन कवाड सप्लायर्सले २२ करोड ३६ लाख रूपैयाँ कर छलेको भन्दै ४४ करोड ७३ लाख रूपैयाँ मागदाबी गर्दै विभागले तुल्सीपुर उच्च अदालतमा मुद्दा हालेको हो ।

प्रमोद कुमार गप्ता र गोबिन्द कुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अर्कै फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिहरुलाई विक्री गरी सोको लेखाङ्कन नगरी मूअ कर तथा आयकर छली गरेको आरोप विभागको छ । उनले मूअ करतर्फ ६ करोड ३१ लाख र आयकर तर्फ १६ करोड ५ लाख रूपैयाँ छली गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्