Shikhar Insurance
National Life

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णय

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १०:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेले कर्णाली डेभलपमेन्ट बैकलाई राष्ट्र बैंकले समस्याग्रस्त बैकको रुपमा घोषणा गरेको भन्दै अर्को व्यवस्था नहुन्जेल कारोबार रोक्का गर्ने निर्णय गरेको हो । यो बैंकको खराब कर्जा नै ४० प्रतिशत माथी पुगेपछि राष्ट्र बैंकले केहि दिन अघि निक्षेप नउठाउन बैंकलाई पत्राचार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार (पुस १० गते) बैंकलाई समस्याग्रस्त कम्पनी घोषणा गर्दै राष्ट्र बैंकले उपनिर्देशकको नेतृत्वमा व्यवस्थापन हेर्न टिम परिचालन गरेको छ । हाल कर्णाली डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ८१० रुपैयाँमा कारोबार भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्