Skip to content
Shikhar Insurance
National Life

करिब ५० करोड लगानीमा आधुनिक प्रविधिबाट स्तरोन्नति हुँदै मनकामना केवुलकार

Hyundai
NCELL
NIMB

काठमाडौं । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । केवुलकार करिब ५० करोड रुपैयाँ खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

कम्पनीले भन्यो,’२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो।’ कम्पनीका अनुसार अहिलेको प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डी सी करेन्टबाट चल्दछ तर हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर एसी करेन्टबाट चल्नेछ।

पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुने कम्पनीले जनाएको छ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करिब ६५०० मिटरको हुनेछ । केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुण्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाई छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्ने कम्पनीले जनाएको छ ।डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ।

केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्