Skip to content
Shikhar Insurance
National Life

करण चौधरी नाडाको आगामी अध्यक्ष बन्ने सहमती

Hyundai
NCELL
NIMB

काठमाडौं । अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी अध्यक्ष करण चौधरी बन्ने सहमती भएको छ । प्रतिस्पर्धामा आकाश गोल्छा, प्रकाश कपुरी र करण चौधरी रहेकोमा चोधारीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ ।

लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरु समेतकाे बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए ।

यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको थापाको भनाइ छ। नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भैरहेको नाडाले जनाएको छ ।

नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ । २१ गते नयाँ कार्यसमिति चयन हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्