Skip to content
Shikhar Insurance
National Life

करण चौधरीको पक्षमा बन्यो बलियो टिमः सिप्रदीदेखि चन्द्र ढकालको साथ

Hyundai
NCELL
NIMB

काठमाडौं । अटोमोबाइल्स साहूहरुको छाता संगठन नाडाको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । सिप्रदीदेखि व्यवसायी चन्द्र ढकालसम्मको साथ लिएर चौधरी अध्यक्ष चुनावमा होमिएका हुन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ १८ सदस्यित कार्यसमिति चयन हुँदैछ । साधारणसभाले १७ कार्यसमिति सदस्य चयन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौधरीले बनाएको टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गरिएको छ ।

प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी चौधरीले आफूले आफ्नो कम्पनीको नाफाघाटाभन्दा पुरै अटो उद्योगको हीतमा काम गर्ने बताए । मैले अटोमोबाइलको हित विपरित गएर मेरो कम्पनीलाई फाइदा होस् वा नहोस् भनेर कदम चालेको थिएँ भने मैले दावेदारी पेस गर्न मिल्दैन थियो, आगामी दिनमा यस्तो निष्ठालाई निरन्तरता दिनेछु, उनले भने ।

https://singhadarbar.com/post/28160/

चौधरीलाई चारपाँग्रेदेखि २ पाँग्रे सवारी बेच्नको साथ छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिपद्रीदेखि चन्द्र ढकालको आईएमई मोटर्सको साथ छ ।

चौधरीको टिम उद्योगीमुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ । उनलाई हालका अध्यक्ष कृष्णप्रसाद दुलालाको पनि साथ छ ।

कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ छ ।

उनको टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेत,लगायत छन् ।

चौधरीको टिममा रहेका राजनबाबु श्रेष्ठले नाडामा सहमतिको प्रयास गरिएको तर चुनाव भए आफ्नो टिमले जित्ने ढुक्क भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE