Skip to content
Shikhar Insurance
National Life

करका दर हामीले चलाएका हौं, रामकृष्ण श्रेष्ठले टाइप मात्रै गरेका हुन्ः अर्थमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा करका दरहरु चलाउन बिचौलियाले प्रवेश नपाएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा प्रतिपक्षीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा अर्थमन्त्रीको जवाफ मागेपछि डा. महतले स्पष्टीकरण दिएका हुन् ।

उनले बजेट टाइप गर्न प्रयोग गरिएका रामकृष्ण श्रेष्ठलाई करका दर चलाउन प्रयोग नगरिएको र उनले करहरु लेख्ने काम मात्रै गरेको बताएका हुन् । त्यसमा पनि आफूले अर्थ सचिव, राजश्व सचिव, आन्तरिक राजश्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशक र आफूले नै करका दरहरु तय गरेको पनि दाबी गरे । ‘निज रामकृष्ण श्रेष्ठलाई नियमानुसार नै बजेट लेखनमा समावेश गरेको हुँ, करका दरहरु हामीले नै चलाएका हौं, रामकृष्ण श्रेष्ठले प्रणालीमा प्रविष्ट गराएका मात्रै हुन’, डा. महतले प्रतिनिधी सभा बैठकलाई सम्बोधन गर्दै भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले गोप्य कोठामा आधिकारिक व्यक्तिहरु मात्रै बसेर करका दरहरु छिनोफानो गरेको दाबी पनि गरे । ‘गोप्य कोठामा आधिकारिक व्यक्तिहरु मात्रै बसेर करको दर र दायरा के गर्ने ? संसोधन गर्ने, हटाउने, बढाउने, यथावत राख्ने ? यी विषयहरुको निर्णय हामीले गरेका छौं । त्यो निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने पनि सम्बन्धित अधिकारी कै निर्देशनमा त्यहाँ निर्णय भए अनुसार हामीले काम लगाएका छौं । आधिकारिक कर्मचारी जो रेगुलर कर्मचारी पनि हुन सक्छ, वा त्यो कामका लागि पहिलेदेखि नै नियुक्ती दिएर राखिएका जो अनुभवी र दक्ष पनि छन्, ति कर्मचारीबाट पनि इन्ट्री गराउन सक्ने जुन व्यवस्था छ । पहिला पनि भैरहेको थियो, त्यहीअनुसार रामकृष्ण श्रेष्ठको सहभागीता भएको हो । निर्णय प्रक्रियामा कहिँ कतै पनि उहाँको सहभागिता छैन्’, मन्त्री डा. महतले संसदमा स्पष्टीकरण दिँदै भनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्