Skip to content
Shikhar Insurance
National Life

‘कम्युनिष्ट नेताले सेयर बजारको हित चाहेनन्, राष्ट्र बैंकले हित चाहेर पनि भलो गरेन’

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व गभर्नर तथा नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष चिरिञ्जिवी नेपालले नेपालको सेयर बजारको विकास जुन गतिमा हुनु पर्ने त्यो नहुनुको कारण नियामक र नेताहरूको बोली भएको औंल्याएका छन् । बदमासी गर्नेलाई कारबाही नहुनु सेयर बजारका लागि दुर्भाग्य भएको बताउँदै नेपालले कम्युनिष्ट नेताहरूको बोली र नियामकको अनिच्छा सेयर बजारका लागि बराबर घातक भएको तर्क गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपालले आफू धितोपत्र बोर्डको अध्यक्ष भएको बेला बजार विकासका लागि जे जे भयो, त्यसपछि खासै केही नभएको बताए । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा सेयर बजारमा भएका नयाँनयाँ सफ्टवयर देखि लिएर नियम कानुनसमेत नेपालमा पनि ल्याउनु पर्ने तर्क उनको छ ।

“बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ तर, सेयर बजारमा बदमासी गर्नेलाई अहिलेसम्म कुनै कारवाही भएको छैन,” उनले भनेका छन्, “बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन ।” अर्कातर्फ हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै सेयर बजारको विषयमा गलत प्रचार गर्ने उनी बताउँछन् । “साम्येवादी र प्रगतिशित विचार भएका मन्त्रीहरु कसैले सेयर बजार जुवा घर हो भन्ने कसैले अनुत्पादन क्षेत्र भन्ने गरेका छन्,” उनी भन्छन्, “सेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरुले बोल्दै नबोल्दिए राम्रो हुन्छ ।”

आफूले बैंकको पुँजी बढाएकाले सेयर बजार यतिको बिन्दुसम्म विस्तार भएको ठोकुवा गरे । “पुँजी वृद्धिका कारण ७ सयको इन्डेक्स १८ सयसम्म पुगेको थियो,” उनले भने । राष्ट्र बैंकले सयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने भएपनि सेयर बजारलाई सर्पोट गरिरहेको उनी बताउँछन् तर कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । “राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४/१२को सिमा नल्याएको भए हुने थियो,” उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्