Skip to content
Shikhar Insurance
National Life

कम्पनी चिनेर ढुक्कले लगानी गर्नुस्, सेयर बजार सुधारक नीतिनियम म बनाउँछु

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर लगानीकर्तालाई दीर्घकालमा लाभ दिने कम्पनी छानेर लगानी गर्न आह्वान गरेका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास गर्न पुगेका अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरेका हुन् ।

सेयर बजारमैत्री नीतिगत व्यवस्था गर्ने जिम्मा आफूमाथि छाड्न उनको आग्रह छ ।

पछिल्लो समय सेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएकामा उनको आपत्ति छ । विभिन्न प्रलोभनमा पारेर सिमित व्यक्तिले लाभ उठाएको र सेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको उनको भनाइ छ ।

https://singhadarbar.com/post/28977/

उनले भने, ” मन्त्रीले सेयर बजार घटायाे भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ ।” सिमित व्यक्ति मिलेर बजार घटाउने तर गाली मन्त्रीलाई गर्नेबारे प्रश्न उनले उठाए ।

“धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो,” शर्माले भने, “कस्ले बजार बढाउँछ, तर गाली मलाई नै ?”

https://singhadarbar.com/post/28951/

GBIME

प्रतिक्रिया दिनुहोस्