Skip to content
Shikhar Insurance
National Life

कमोडिटी एक्सचेञ्जलाई छिट्टै लाइसेन्स दिने तयारी, क्षतिपूर्ति कोष तत्काल सञ्चालन गरिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेञ्जको नयाँ आवेदन माग गवर्ने घोषणा गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले आर्थिक वर्ष २०७९र८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
उनले वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाईसेन्स दिने घोषणा गर्दै थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पुर्ण रूपमा विद्युतिय कारोबारमा अधारित बनाउने बताए ।

कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि बोर्डले यसअघि दुई पटक आवेदन माग गरी खारेज गरेको थियो । बोर्ड अध्यक्ष हमालले कार्यक्रममा नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि सुनाए ।

‘५ अर्ब भन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आइपीओ अनिवार्य हुने कानूनी तयार हुँदैछ, बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याइनेछ ।’

अध्यक्ष हमालले बोर्डको नीति तथा कार्यक्रम प्रस्तु गर्दै पूँजी बजारबाट लगानीकर्तालाई हुनसक्ने क्षतिलाई कम गर्न क्षतिपूर्ति कोष चाँडै सञ्चालनमा ल्याउने प्रतिवद्धता गरे ।

‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागु गरिनेछ,’ अध्यक्ष हमालले भने, ‘१ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाइने छ ।’

बोर्डले पूँजी बजार विकासका लागि चार खम्बे नीति तयार गरेको उनले बताए । जसमा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण गर्ने रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्