Skip to content
Shikhar Insurance
National Life

कमल थापा भन्छन्ः अब राजा फर्कने सम्भावना सकियो

Hyundai
NCELL
NIMB

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब देशमा राजा फर्कने सम्भावना सकिएको बताएका छन् । नयाँ वर्षको तेश्रो दिन फेसबुकमा लामो स्टाटस लेख्दै नव गठित राप्रपा नेपालका अध्यक्ष थापाले अब राजा फर्कने सम्भावना सकिएको बताएका हुन ।

उनले राजनीतिक दलहरु असफल भएर राजा नफिर्कने बताउँदै राजाकै कारण राजा फर्किने बाटो बन्द भएको पनि बताएका छन् । ‘पार्टीहरु असफल भएर राजा आउने होईन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए।’, थापाले लेखेका छन् ।

नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना।
राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन।तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।
विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ।तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो।
पार्टीहरु असफल भएर राजा आउने होईन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन । २।३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।
मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ । अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु ।पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो ।त्यहाँ अझै केही समय रमाई राख्नोस् ।
राजाको माया त लाग्छ, त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्