Skip to content
Shikhar Insurance
National Life

कपिलवस्तुको वनमा मानव कङ्काल फेला

Hyundai
NCELL
NIMB

कृष्णनगर । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए।

उनले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताए। वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

कुलाले बगाउँदा एक महिलाको मृत्यु

कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्