Shikhar Insurance
National Life

कन्ट्री रेटिङपछि १० ठूला बैंकको अडिट गर्ने प्रकृया पुन: अघि बढ्यो, किन रोकेको थियो राष्ट्र बैंकले ?

रोशनी तामाङ
२०८१ पुष ९, मंगलवार ०८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले देशको रेटिङ सकेपछि राष्ट्र बैंकले पनि ठूला १० बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया अघि बढाएको छ । देशको रेटिङमा बीबी माइनस रेटिङ प्राप्त गरेसँगै राष्ट्र बैंकले पनि ठूला बैंकहरुको अडिट विदेशी फर्मबाट गर्नेगरी पुन: प्रकृया अघि बढाएको हो ।

यसअघि १० ठूला वाणिज्य बैंकको अडिट गर्न राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनी छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्ध गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंक स्रोत अनुसार १० ठूला बैंकहको अडिट गर्न करिब ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । सो परिधिमा रहेर भारतीय अडिट फर्मले काम गर्न विमति राखेपछि पहिलेको प्रकृया रद्ध गरेको हो ।

राष्ट्र बैंकले १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गराउन पुन: प्रकृया अगाडि बढाएको छ । बैंकले सूचना जारी गर्दै वाणिज्य बैंकहरुको लेखापरीक्षण गराउन पुन: प्रकृया अगाडि बढाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्तमा राष्ट्र बैंकले १० ठूला बैंकहरुको एलपीआर गर्न सहमत भएको थियो ।

इच्छुक योग्यता, अनुभव र क्षमता भएका लेखापरिक्षक कम्पनीहरुले पुष २२ गतेभित्र निवेदन पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कम्पनी छनोट प्रकृयामा कम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवमा ४० प्रतिशत र क्षमतामा १० प्रतिशत अंक तोकेको छ । छनौट हुने कम्पनीले न्यूनतम ६० अंक प्राप्त गर्नु पर्नेछ ।

आवेदन दिएकाहरु मध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्ने कम्पनीले कामको जिम्मा पाउनेछन् ।

राष्ट्र बैंकले यसअघि गरेको बोलपत्र आह्वानमा नेदरल्याण्ड, भारत र पाकिस्तानका लेखापरिक्षक प्रारम्भिक छनोटमा परेका थिए ।

नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षण सर्टलिष्ट भएका थिए ।

यी हुन् अडिट हुने १० बैंक

राष्ट्र बैंकले २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन खोजेको हो । जसमा ठूलो आकारको ब्यवसाय गर्ने १० बैंकको लेखापरिक्षण गराउन लागिएको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परिक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरिक्षण गर्नेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्