Shikhar Insurance
National Life

‘औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी’ मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोशिस गरिरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट छुट्याइएको तर इआईए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भएपनि अब छिटै काम अघि बढ्ने बताए ।

उनले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताउँदै भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ । अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट यहाँ परेको छ । अब इआईए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भुमिका गर्ने इन्स्ट्युसनका रुपमा यसलाई विकास गर्नुपर्छ ।’

मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्