Skip to content
Shikhar Insurance
National Life

औद्योगीकरणको बाटोमा बिहार, ५० हजार करोडको लगानी प्रतिवद्धता, अडानीले मात्रै ८७ अर्ब लगाउने

Hyundai
NCELL
NIMB

अडानी ग्रुपले बिहारमा आफ्नो व्यवसाय विस्तारका लागि ८७ अर्ब भारु लगानी गर्दैछ । बिहारमा यतिबेला ‘इण्डिया’ गठबन्धनका सहयोगी दलहरु सत्तामा छन् । विपक्षी दलहरुले कैयौं पटक अडानी र केन्द्र सरकारको सम्बन्धबारे आरोप लगाईरहेका छन् ।

बिहारमा निजी लगानी प्रवद्र्धनका लागि राजधानी पट्नामा दुई दिने ‘बिहार कनेक्ट २०२३’ आयोजना गरिएको थियो । यस इभेन्टमा देश तथा विदेशका कैयौं कम्पनी सहभागी भए र ३०० कम्पनीले राज्य सरकारसँग मिलेर ५० हजार करोड भारु लगानी गर्ने सम्झौता गरेका छन् ।
जबकी अडानी ग्रुपसँग लगानी सम्झौता गरेपछि मुख्यमन्त्री नितिश कुमारले कुनै प्रतिक्रिया दिएनन् । यो बिषयमा न नीतिशले मञ्चबाट केहि भने न त पत्रकारहरुसँग नै कुनै प्रतिक्रिया दिए ।

‘इन्भेष्ट बिहार’को थिम बनाएर राज्य सरकारले कैयौं दावीहरु गरेको छ । सरकारका अनुसार ‘ल्याण्ड अफ हिस्ट्री–इतिहासको भूमि’ रहेको बिहारलाई ‘ल्याण्ड अफ इण्डष्ट्री–उद्योगको भूमि’ बनाउने योजना छ । अर्थात सरकार विहारमा औद्योगीक विकासमा जोड दिएको बताईरहेको छ ।

कति ठूलो सफलता
बिहिबार अडानी इन्टरप्राइजेजका निर्देशक प्रणव अडानीले बिहारमा यस अघि नै ८ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको छ । यो लगानीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले तीन हजारले रोजगारी दिईसकेका छन् ।

प्रणव अडानीका अनुसार अडानी ग्रुपले बिहारमा आफ्नो लगानी १० गुणाले वृद्धि गरिरहेको छ । र त्यसबाट १० हजारले रोजगारी पाउनेछन् । र त्यसको प्रक्रिया पनि अघि बढिसकेको उनले बताए ।
अडानी समुहले कृषि, अडानी विल्मर, सिमेन्ट उत्पादन, स्मार्ट मिटर लगानी योजना अघि बढाएको छ ।

अडानी समुहले बिहारमा २५ अर्ब भारु लगानी गरेर अर्काे बर्ष १० मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य राखेको छ । अडानीको सिमेन्ट उद्योग वारसलीगञ्ज र महाबलमा छ, जहाँबाट ३ हजार रोजगारी दिने दावी छ ।

अडानी ग्रुपका अलग अलग प्रोजेक्टबाट पट्ना, नवादा, समस्तीपुर, दरभंगा, सारण, बैशाली र सिवान समेत कैयौं जिल्लाहरुमा रोजगारी सृजना भएको दावी छ ।

बिहारका उद्योग मन्त्री समिर कुमार महासेठले बीबीसीलाई भनेका छन् की कनेक्ट बिहार मार्फत अलग अलग ८०० भन्दा बडी कम्पनीले लगानीका लागि इच्छा देखाएका छन् । उनले कुनै पनि कम्पनीले नोक्सानीको कारोबार नगर्ने र बिहारको सरकार र नागरिक प्रति लगानीकर्ताहरुमा विश्वास छ, त्यसैले उनीहरु यहाँ आएका छन् ।

इन्भेष्ट बिहारका माध्यमबाट जुन कम्पनीहरु राज्यमा लगानीका लागि सम्झौता गरे, तिनमा भारत पेट्रोलियम कर्पाेरेशन, पटेल एग्री इण्डष्ट्री, होल्टेक इन्टरनेशनल र इण्डो युरोपियन हर्ट हस्पिटालिटी एण्ड रिसर्च रहेका छन् ।

नाहर ग्रुप अफ इण्डष्ट्रीका सीएमडी ओसवालका अनुसार उनको कम्पनीमा २५ हजार नागरिकले रोजगारी पाईरहेका छन् । जसमा ४० प्रतिशत नागरिक बिहारकै छन् । कम्पनीले राज्यमा ३०० करोड लागतको लजिस्टिक पार्क बनाउने सम्झौता गरेको छ ।

१३ करोड आवादीको बिहारको सबै भन्दा ठूलो सम्पति भनेकै त्यहाँको जनसंख्या हो । तथ्यांकका अनुसार त्यहाँको ५३ प्रतिशत नागरिक ३५ बर्ष भन्दा कम उमेरका छन् । सरकारको दावी छ की बिहारमा उद्योगका लागि कच्चा पदार्थ, लगानी मैत्री कानुन, कामदार र सरकारी सहयोग सबै उपलब्ध छन् ।

छिमेकी राज्य, छिमेकी देशहरु नेपाल, बंगलादेश र भुटानहरुलाई समेत मिलाउने हो भने ४० करोडको बजार उपलब्ध छ ।

उदाहरणका लागि बिहारमा ९९ प्रतिशत औषधी अन्य राज्यबाट ल्याउने गरिन्छ । यहाँ बर्षेनी २५०० करोड भारुको औषधी खपत हुन्छ । अर्थात बिहारमा औषधी उद्योगको ठूलो सम्भावना छ ।
बिहारको भागलपुर र त्यस आसपासका क्षेत्रहरु देशमै फेब्रिक उत्पादनका लागि प्रख्यात मानिन्छन् । जुटको उत्पादनमा पनि बिहार निकै अघि छ ।

बिहारमा ३००० करोडको जमिन बैंक उपलब्ध छ र यहाँ ७५ औद्योगीक क्षेत्र छन् । भातर सरकारका अनुसार सन २०२१–२२ को रिपोर्ट अनुसार स्थिर मूल्यमा बिहारको प्रति व्यक्ति आय ३० हजार ७ सय ७९ भारु छ । जबकी छिमेकी राज्य झारखण्डमै त्यस्तो प्रतिव्यक्तिको ५५ हजार १ सय २६ रुपैयाँ, उत्तर प्रदेशको ४२ हजार ५ सय २५ रुपैयाँ र मध्य प्रदेशको ६१ ह्जार ५ सय ३४ रुपैयाँ छ । अर्थात प्रतिव्यक्ति आयका हिसाबले बिहारमा भारतको औषत भन्दा एक तिहाईले कमजोर अवस्थामा छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले रक्सी निशेष गरेपछि राज्यमा नागरिकको पैसा बचत भएको दावी गर्दै आएका छन् । बालबच्चाका लागि अध्ययन शुल्कको जोहो भएको र नागरिकको खर्च गर्ने क्षमता पनि बढेको बताउँछन् । बिहारमा सन २०१६ देखि रक्सीमाथि पूर्ण प्रतिबन्ध छ ।बीबीसी हिन्दीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्