Skip to content
Shikhar Insurance
National Life

‘औद्योगीकरणका लागि ‘सिंगल डिजिट’ ब्याजदरमा ऋण पाइने वातावरण बन्नुपर्छ’

Hyundai
NCELL
NIMB

मुलतः उद्योगीहरुको संगठन हो नेपाल उद्योग परिसंघ र त्यसका नवनिर्वाचित अध्यक्ष हुन्, विष्णु कुमार अग्रवाल

आधा दर्जन भन्दा बढी उद्योग व्यवसायमा संलग्न अग्रवालसँग सिंहदरबारले औद्योगीक वातावरण निर्माण, नयाँ पुस्तामा उद्यमशिलता प्रवद्र्धन, मेक इन नेपालः स्वदेशी अभियान, आत्मनिर्भर अर्थतन्त्र लगायतका विषयमा कुराकानी गरेको छ ।

प्रस्तुत छ, कुराकानीको सार:

– उत्पादनमुखी अर्थतन्त्रको निर्माणले मात्रै दिगो रोजगारी सृजना, पुँजी निर्माण र देश विकास सम्भव हुन्छ ।

– मेक इन नेपालः स्वदेशी अभियान अहिलेसम्मको महत्वकांक्षी योजना हो, यसले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना अघि सारेको छ । हरेक वर्ष एक हजार उद्योग स्थापना र एक लाख ५० हजार रोेजगारी सृजना गर्ने भनेका छौं ।

– नेपालमा लगानीको वातावरण बनिरहेको छ, सरकार जसको नेतृत्वमा आए पनि लगानीको वातावरण बनाउन सबै सकारात्मक छन् ।

– एक खर्ब आपसाप रहेको निर्यातलाई चार खर्ब बनाउनुपर्नेछ ।

– आर्थिक समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र, सरकार, दातृ निकायसँगको समन्वय आवश्यक पर्छ, त्यसले मात्रै विदेशी लगानी पनि ल्याउन सकिन्छ ।

– परिसंघले अनुसन्धानको जिम्मा दिएका व्यक्तित्व डा. विश्व पौडेल अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नु भएको छ, अब हामीलाई काम गर्न अझै सहज हुनेछ ।

– कोरोनासँग जुध्दै अघि बढ्नका लागि सबै भन्दा पहिले सबै नागरिकलाई खोप लगाउनुपर्छ, स्वास्थ्य पूर्वाधारमा बिशेष जोड दिनुपर्ने रहेछ ।

– कोरोनाको पहिलो वेभमा थला परेका उद्योग व्यवसाय विस्तारै उठ्दै थिए, दोश्रोले झन समस्या पार्यो, अहिले फेरी विस्तारै उठ्दै छन् ।

– हामीले एक अंकको ब्याजदरमा ऋण पाउने वातावरण बन्नुपर्छ । औद्योगीकरणमा ब्याजदरको महत्वपूर्ण भूमिका रहन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्