Skip to content
Shikhar Insurance
National Life

ओली सरकारले गरेका भ्रष्टाचार काण्डहरु माथि छानविन गरिन्छः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओली सरकारका पालामा भएका भ्रष्टाचार काण्डहरुको छानविन हुने बताएका छन् । पार्टीको काभ्रे जिल्ला कार्यालय उद्घाटन तथा दशैं शुभकामना कार्यक्रममा बोल्दै उनले ओली सरकारका सबै भ्रष्टाचार काण्डहरुको छानविन गरि दोषीलाई कारवाही गर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने–‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङस्‌माथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी , हवाइजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एक–एक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँछु ।’

विगतका कमजोरीबाट यो सरकार मुक्त हुन सकोस् भन्ने अपेक्षा गर्दै उनले गलत, अनुचित कार्य गरेर सरकारबाट हटाउने चेतावनी आफ्ना दलतर्फका मन्त्रीहरुलाई दिएको बताए । ‘मन्त्रिमण्डल भर्खरै विस्तार भएको छ, राम्रोसँग काम गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘अनुचित कार्यलाई छुट दिन सकिँदैन, गलत गरे राख्दैनौं, हटाउँछौं ।’, अध्यक्ष नेपालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्