Skip to content
Shikhar Insurance
National Life

ओलीलाई एक लाख डलरको पुरस्कार दिने होली वाइनका योजनाकार ढकाल एमालेबाट सांसद !

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा क्रिश्चियन धर्म प्रचारको नेतृत्व गरिरहेका एकनाथ ढकाललाई एमालेले सांसद बनाउने भएको छ । एमालेले ढकाललाई खस आर्यको दोश्रो नम्बरमा समानुपातिक सांसद सिफारिस गरेको हो । यी तिनै ढकाल हुन जसले केपी ओलीलाई एक लाख डलर राशीको पुरस्कार दिलाएका थिए ।

क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध युनिभर्सल पिस फाउण्डेशनले नेपालमा आयोजना गरेको विवादास्पद एसिया प्यासिफिक समिटमा तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलरको ‘लिडरसीप एण्ड गुड गभर्नेन्स अवार्ड’ दिएको थियो । तत्कालिन प्रधानमन्त्री ओली सो सम्मेलनका लागि भन्दै आफ्नो सरकारी निवास समेत छाडेर दुई दिनसम्म सोल्टी होटलमै बसेका थिए ।

चर्चित ‘होली वाइन’ काण्डका नामले चर्चित सो समिटको मुल उदेश्य नै नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्नु हो भन्दै व्यापक आलोचना भएको थियो । तिनै होली वाइनका मुख्य योजनाकार एकनाथ ढकाललाई एमालेले समानुपातिक प्रणालीबाट सांसद बनाउने सुनिश्चितता गरिदिएको हो । ढकालले नेतृत्व गरेको नेपाल परिवार दललाई पनि एमालेसँग एकता गराएका थिए ।

२०७५ को मंसिर १६ गते ओलीलाई उक्त पुरस्कार र सम्मान पत्र दिईएको थियो । ओलीले उक्त पुरस्कार रकम नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा समेत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्