Skip to content
Shikhar Insurance
National Life

एस रेमिट राष्ट्र बैंकको कारवाहीमा, ३५ दिन भित्र कारोबारको हिसाब नबुझाए लाइसेन्स खारेज हुने

Hyundai
NCELL
NIMB

काठमाडौं। काठमाडौंको लैनचौरमा रहेको यस रेमिट कम्पनी नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको छ । विप्रेषणसम्बन्धी कारोबार गर्न राष्ट्र बैंकले कम्पनीलाई प्रदान गरेको लाइसेन्स रद्ध गर्न परेको निवेदन उपर आवश्यक कारवाही गरिएको हो ।

आइतबार राष्ट्र बैंक विदेशी व्यवस्थापन विभागले एक सुचना जारी गर्दै भनेको छ ‘यस रेमिट प्रा। लि का.म.न.पा २६, लैनचौर, काठमाडौंले सय बैंकबाट बिप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्ध गरिपाउँ भनी पेस गरेको निवेदनउपर आवश्यक कारवाही भइ विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस विभागमा लिखित रुपमा जानकारी दिनहुन यो सुचना प्रकाशित गरिएको छ ।’
तोकिएको म्यादभित्र लिखित जवाफ नआएमा कम्पनीको बिप्रेषण सम्बन्धी कारोबारको इजाजतपत्र रद्ध गर्नुका साथै बैंक ग्यारेण्टी समेत फुकुवा भइ जाने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्