Skip to content
Shikhar Insurance
National Life

एसियन लाइफ इन्स्योरेन्सको ३६ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सोमबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४.५० प्रतिशत बोनस सेयर दोस्रो बजार कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो।

नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको सूचीकृत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

कम्पनीले उक्त बोनस सेयर असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाबाट पारित गरेको थियो। कम्पनीले चुक्ता पुँजी २ अर्ब ५३ करोडको १४.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो। बोनस सेयर वितरण पश्चात हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड पुगेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्