Skip to content
Shikhar Insurance
National Life

एशियन लाइफले ८.१५ प्रतिशत लाभांश बाढ्न डाक्यो साधारण सभा, हकप्रदको विशेष प्रस्ताव

Hyundai
NCELL
NIMB

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८.१५ प्रतिशत लाभांश दिन १६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले फागुन १८ गते होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा १ जना नियुक्त गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत १:०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । फागुन ७ गते बिदा पर्ने भएकोले फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउँने सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्