Skip to content
Shikhar Insurance
National Life

एलआईसी नेपाल विरुद्ध धितोपत्र बोर्डमा उजुरी, इन्साईडरमा छानबिन गर्न माग

Hyundai
NCELL
NIMB

काठमाडौं । एलआईसी नेपालका विरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ ।

हकप्रद सेयरका नाममा इन्साईडर ट्रेडिङ गरेको भन्दै कम्पनीको उच्च ब्यवस्थापन र संचालक समितिमाथी छानबिन गरि कार्वाही गर्न उजुरीमा माग गरिएको छ। पुस १ गते बोर्डमा ७१४५ नम्बरमा उजुरी दर्ता भएको छ । कुमार बहादुर आचार्यले दर्ता गरेको उजुरीमा विभिन्न ८ बुदामा इन्साइडर कारोबार गरेको दावी गरिएको छ ।

कम्पनीको उच्च ब्यवस्थापन र संचालकहरुले हकप्रदका नाममा ३२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर १८ सय रुपैयाँसम्म पुर्याएको भन्दै त्यसको विवरण समेत समावेश गरिएको छ । प्राधिकरणले एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्ने अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र जवाफ पेश गर्न मंसिर १५ गते पत्र लेखेको थियो । एलआईसीले मंसिर २२ गते पत्र लेख्दै नेपाल धितोपत्र बोर्डका कारण हकप्रद सेयर जारी गर्न ढिलाई भएको स्पष्टीकरण दिएको हो । जबकी २०८० असार १५ गते बीमा प्राधिकरणबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको कम्पनीले २०८० असोज २९ गते मात्रै बोर्डमा अनुमतिका लागि आवेदन दिएको थियो ।

प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने अनुमति खारेज गर्न लागेको सूचना पाएपछि कम्पनीले मंसिर १३ गते मात्रै बोर्डलाई पत्र लेखेर हकप्रद सेयर जारी गर्ने प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी) को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

https://singhadarbar.com/post/102628/

 

GBIME

प्रतिक्रिया दिनुहोस्