Skip to content
Shikhar Insurance
National Life

एलआईसी नेपालको बदमासीः हकप्रदका नाममा चलखेल गरेर दोष जति सेबोनलाई

Hyundai
NCELL
NIMB

काठमाडौं । हकप्रद सेयर जारी गर्ने सूचना देखाएर बजारमा करिब ६ महिनादेखि चलखेल गर्दै आएको एलआईसी नेपालले धितोपत्र बोर्डमाथि गम्भिर आरोप लगाएको छ ।एलआईसी नेपालले नेपाल बीमा प्राधिकरणलाई लेखेको पत्रमा धितोपत्र बोर्डका कारण हकप्रद सेयर निष्काशनमा बिलम्ब भएको जवाफ दिएको हो ।

प्राधिकरणले एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्ने अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र जवाफ पेश गर्न मंसिर १५ गते पत्र लेखेको थियो । एलआईसीले मंसिर २२ गते पत्र लेख्दै नेपाल धितोपत्र बोर्डका कारण हकप्रद सेयर जारी गर्न ढिलाई भएको स्पष्टीकरण दिएको हो । जबकी २०८० असार १५ गते बीमा प्राधिकरणबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको कम्पनीले २०८० असोज २९ गते मात्रै बोर्डमा अनुमतिका लागि आवेदन दिएको थियो ।

प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने अनुमति खारेज गर्न लागेको सूचना पाएपछि कम्पनीले मंसिर १३ गते मात्रै बोर्डलाई पत्र लेखेर हकप्रद सेयर जारी गर्ने प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको थियो । प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएको साढे तीन महिनापछि मात्रै बोर्डमा निवेदन दिएको कम्पनीले त्यसको डेढ महिनापछि मात्रै दोश्रो पटक ताकेता गरेको देखिन्छ ।
https://singhadarbar.com/post/102152/
‘एलआईसीले हकप्रदका नाममा बजारमा चलखेल गरेका संकेतहरु पाएका छौं, बीमा प्राधिकराणबाट अनुमति पाएको साढे तीन महिनापछि मात्रै बोर्डमा आवेदन दिनु आफैंमा गम्भिर संकास्पद छ, बोर्डमा आएका डेढ महिनासम्म कुनै सम्पर्क नगरि बसेका रहेछन्, अहिले हकप्रद नै रद्ध हुनेसम्मको सूचना पाएपछि हतार हतार पत्र लेखेका छन्’, धितोपत्र बोर्ड उच्च स्रोतले भन्यो ।

त्यसो त, हकप्रद सेयरका नाममा पाँच महिनासम्म बजारमा चलखेल गरेपछि अहिले बोर्डतिर हिलो छ्याप्ने काम गरेको भन्दै बोर्डको उच्च व्यवस्थापन आक्रोशित बनेको छ । ‘उहाँहरुले हकप्रदको नाममा जे जे गर्न नहुने हो त्यो सबै गर्नु भयो, अहिले बोर्डका कारण ढिलाई भएको हो भन्दै प्राधिकरणलाई पत्र लेख्नु भएको सूचना छ, हामी अध्ययन गरिरहेका छौं, बोर्ड उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्